Nepali, Unit 3, Unit 4
Unit - 4, साथीलाई चिठी
परिचय ‘साथीलाई चिठी’ व्यावहारिक लेखनको पाठ हो । चिठी सूचना आदान प्रदानको माध्यम हो । चिठी घरायसी, कार्यालयीय र व्यापारिक हुन्छन्। भाषाका चार आधारभूत सिपमध्ये लेखाइ सिपको विकासमा सहयोग गर्नु चिठी शिक्षणको प्रमुख उद्देश्य हो । चिठी विधाको उपयोग गरेर लेखाइ सिप सँगसँगै आवश्यकताअनुसार अन्य भाषिक सिपको पनि विकास गराउन सकिन्छ । ‘साथीलाई चिठी’ घरायसी चिठी हो । घरायसी चिठी आफन्तले आफन्तलाई लेख्ने चिठी हो । यस्तो चिठीमा आफ्ना खबर तथा मनका कुरालाई मिठो शैलीमा प्रस्तुत गरिन्छ । घरायसी चिठी अनौपचारिक प्रकृतिको हुन्छ । चिठीको शिक्षणमा सस्वर तथा मौन पठन, पाठगत शब्दको उच्चारण, अर्थ र वाक्यमा प्रयोग, बोध प्रश्नोत्तर गराउनुपर्छ । चिठी लेखन सिपको विकास गराउँदा नमुना प्रदर्शन, चिठीका अङ्गहरूको पहिचान, चिठीको प्रकृति पहिचान र लेख्ने तरिकामा केन्द्रित हुनुपर्छ । यस पाठबाट सुनाइ र बोलाइमा ढाँचाबोध, प्रश्न निर्माण, सूचना ग्रहण र सन्देश प्रवाह, प्रश्नोत्तर तथा छलफल गर्ने सिपको विकास गराउनुपर्छ । पढाइमा समयबद्ध सस्वर पठन र गति वृद्धि, मौन पठन र विषयवस्तु बोध, संरचना पहिचान, प्रश्नोत्तर र सन्देश ग्रहण जस्ता भाषिक सिपको विकास गराउनुपर्छ । लेखाइमा चिठीको ढाँचा पहिचान र शैली अनुकरण, अनुलेखन, प्रश्नोत्तर, निवेदनको ढाँचा पहिचान र लेखन, प्रत्युत्तर लेखन, सन्दर्भ, परिवेश, आवश्यकता र औचित्यका आधारमा सन्देशमूलक चिठी रचना गर्ने सिपको विकास गराउनुपर्छ । भाषिक संरचना र वर्णविन्यासमा नामयोगी, संयोजक र निपातको पहिचान तथा प्रयोग र दीर्घ ऊकार (सुरु, बिच, अन्त्य) को पहिचान र प्रयोग सिपको विकास गराउनुपर्छ । शब्दभण्डारमा शिष्टाचार र सम्बोधनबोधक शब्द पहिचान र प्रयोग, पाठगत शब्दको अर्थबोध र प्रयोगको विकास गराउनुपर्छ भने भाषिक प्रकार्यमा शुभकामना गर्ने सिपको विकास गराउनुपर्छ ।
"A Letter to a Friend" as Practical Writing
A letter is a medium for exchanging information and can be personal, official, or business-related. The primary goal of teaching letter writing is to develop writing skills, one of the four basic language skills, while also enhancing other linguistic abilities as needed. "A Letter to a Friend" focuses on personal letters, which are informal and written to share personal news or feelings in a pleasant style.
Teaching activities for letter writing include expressive and silent reading, pronunciation, comprehension, vocabulary usage, and Q&A. Writing skills are developed through model demonstrations, identifying the parts of a letter, understanding its nature, and learning how to write effectively.
For listening and speaking, students practice identifying formats, constructing questions, receiving information, conveying messages, and engaging in discussions. Reading activities focus on timed expressive reading, silent reading, comprehension, structure identification, Q&A, and message reception. Writing activities include recognizing letter formats, imitating styles, transcription, constructing questions and answers, drafting formal responses, and composing meaningful letters based on context, needs, and relevance.
Linguistic structure lessons focus on identifying and using postpositions, conjunctions, and particles, along with mastering the usage of long "oo" sounds in words. Vocabulary lessons emphasize polite expressions, addressing terms, understanding, and applying words from the text. Functional language skills include developing the ability to convey well-wishes effectively.
Comments
Post a Comment