nepali, unit 1, unit 2
Unit -1
सबै मेरा गुरु
कालीप्रसाद रिजाल
शब्दार्थ
गुरु - शिक्षा दिने व्यक्ति
भलो - हित, कल्याण
उदार - ठुलो मन भएको, मनकारी
पौरखी - मिहिनेती, परिश्रमी
कर्तव्य - जिम्मेवारी, उचित व्यवहार
आदर्श -अनुकरण गर्न योग्य
वास - बासना, सुवास
१. तल दिइएका शब्दको मिल्ने अर्थसँग जोडा मिलाउनुहोस् ः
उत्तर 👉
(क) एकता - एक हुँदाको अवस्था
(ख) छाया - प्रकाश छेकिँदा पर्ने ओझेल
(ग) लक्ष्य - हासिल वा प्राप्त गर्नुपर्ने कुरा
(घ) कर्तव्य - पूरा गर्नुपर्ने काम
(ङ) अटल - पर्वत जस्तै स्थिर
(च) मुस्कान - मुस्काउने काम
२. कवितामा प्रयोग भएका ‘माया छाया’ जस्तै अन्य लय मिल्ने शब्द पहिचान गरी लेख्नुहोस् ।
उत्तर 👉
- शिक्षा बिद्या
- ज्ञान बोध
- वृक्ष पेड
- पर्वत पहाड
- कर्तव्य दायित्व
- पुस्तक किताब
- खोला खुला
- लक्ष्य उद्देश्य
- मिठो प्रिय
- फूल पुष्प
- सधैँ निरन्तर
- मुस्कुराउने हास्य
- बिचमा मध्य
- सुकै आनन्द
Unit - 2
पाठ - २
सुनको मूर्ति
सुषमा आचार्य
शब्दार्थ
इमानदार ः इमान भएको, साँचो व्यवहार गर्ने
घना ः बाक्लो
ब्वाँसो ः कुकुर प्रजातिको जङ्गली जनावर
बाली ः खेतबारीमा लगाएको खेती
नधो ः कुनै कामको टुङ्गो
जुक्ति ः उपाय
वासस्थान ः बस्ने ठाउ
नियाल्नु ः गडेर हेर्नु
असर्फी ः सुनको मुद्रा
काउकुती ः पेट, पैताला जस्ता अङ्गमा छुँदा लाग्ने कुतकुती
चल्मलाउनु ः हलचल गर्नु
सुनको मूर्ति
‘सुनको मूर्ति’ लोककथा हो । यो कथा सुषमा आचार्यद्वारा सङ्कलन गरिएको हो । लोकजीवनका मौखिक परम्परामा हस्तान्तरित हुँदै आएका कथाहरू नै लोककथा हुन् । मानव जीवनको सुरुआतसँगै लोककथाको विकास भएकाले यसमा लोकजीवनका मूल्यमान्यता समावेश भएको हुन्छ । लोककथा बालबालिकको भाषिक सिप विकासमा सरल र सुपाठ्य हुन्छ । यो कुनै समाज तथा संस्कृतिमा परापूर्वकालदेखि मौखिक, दन्त्य तथा लिखित रूपमा चलिआएको विधा हो । कथा साहित्यको लोकप्रिय विधा हो । कुनै पात्रसँग सम्बन्धित रमाइला घटना सन्दर्भ आदिको वर्णन र मानव जीवनका अनुभूतिहरू कथामा समावेश गरिएको हुन्छ । कथामा भाषाको सरल सहज प्रस्तुति हुन्छ । कथामा वाक्य गठनको सरलता हुने हुनाले भाषिक सिपको विकासमा यसलाई उपयोगी विधा मानिन्छ । कथामा हुने रोचकता मनोरञ्जनात्मकता, कौतुहलता र जीवनजगत्का विविध पक्षहरूको प्रस्तुतीकरणले गर्दा विद्यार्थीहरूमा भाषिक क्षमता अभिवृद्धि भई भाषिक सिपको विकासमा उल्लेख्य सहयोग पुग्छ । कथा विधाको शिक्षण गर्दा सस्वर र मौन पठन, उच्चाण, अर्थबोध र वाक्यमा प्रयोग, बोध प्रश्नोत्तर घटना वर्णन आदि व्रिmयाकलाप गराउनुपर्छ ।
यस पाठमा आधारित रहेर सुनाइ र बोलाइमा सुनाइ र प्रतिव्रिmया, विषयवस्तुका आधारमा धारणा निर्माण र प्रस्तुति, प्रश्नोत्तर तथा छलफल, अनुमान, कल्पना र निष्कर्ष प्रस्तुति गर्न सिकाउनुपर्छ । पढाइमा समयबद्ध सस्वर पठन र गति वृद्धि, मौन पठन, संरचना, पात्र र घटना पहिचान र पाठको विषयबोध गर्न सिकाउनुपर्छ । लेखाइमा पात्र परिचय लेखन, घटनाव्रmम मिलान, प्रश्नोत्तर, सारांश लेखन, श्रुति लेखन र निर्देशित कथा लेखन सिपको विकास गराउनुपर्छ । भाषिक संरचना र वर्णविन्यासमा विशेषण शब्दको पहिचान र प्रयोग, दीर्घ ईकार (सुरु, बिच, अन्तिममा प्रयोग हुने शब्द) को पहिचान र प्रयोग गर्न सिकाउनुपर्छ । शब्दभण्डारमा पर्यायवाची
शब्द पहिचान र प्रयोग, विपरीतार्थी शब्द पहिचान र प्रयोग, पाठगत शब्दको अर्थबोध र प्रयोग गर्न लगाउनुपर्छ। त्यसैगरी भाषिक प्रकार्यमा आदर सत्कार सिकाउनुपर्छ ।
This tale was collected by Sushma Acharya. Folktales are narratives passed down orally through the traditions of folk life. As they developed alongside the beginning of human life, folktales incorporate the values and beliefs of society. These stories are simple and easily understandable, making them effective for developing linguistic skills in children. They are a form of narrative that has been transmitted orally, traditionally, and in written forms within a society or culture since ancient times.
Folktales are a popular genre of storytelling. They typically include fascinating events, contexts, and descriptions related to characters, while also reflecting human life experiences. The language in folktales is simple and straightforward, making them a valuable tool for developing linguistic skills. Due to their engaging, entertaining, and thought-provoking nature, folktales introduce diverse aspects of life and the world, enhancing language proficiency and aiding in the development of linguistic competence in students.
When teaching this genre, activities such as expressive and silent reading, pronunciation practice, comprehension, sentence usage, question-answer sessions, and event descriptions should be incorporated. Based on the text, teaching methods should include listening and speaking activities like storytelling and feedback, idea generation and presentation based on the content, Q&A sessions, discussions, predictions, imagination exercises, and conclusion presentations.
For reading, activities like time-bound expressive reading, silent reading, understanding structure, identifying characters and events, and grasping the essence of the text should be practiced. For writing, skills such as character introduction, sequencing events, Q&A writing, summary writing, transcription, and guided storytelling should be developed.
In terms of linguistic structure and spelling, students should learn to identify and use adjectives, recognize and use words with long 'ee' sounds (at the beginning, middle, or end of words), and understand and apply synonyms, antonyms, and contextual meanings of words from the text. Similarly, in language functions, teaching students to show respect and courtesy should be emphasized.
Comments
Post a Comment